दैलेख भदौ ११
अन्तरपार्टी महिला संजाल दैलेखले शनिवार एक कार्यक्रमको आयोजना गरी दैलेख जिल्लाका प्रहरी प्रमुख वीर बहादुर वलीलाई सम्मान गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्नको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रम अन्तरपार्टी महिला संजाल दैलेखकी अध्यक्ष मोहनमाया प्याकु्रेलको अध्यक्षता एवं दैलेख जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक वीर बहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मान कार्यक्रममा अनुसन्धान प्रहरीका डिएसपी शुसान्त बराल, सुर्यकुमारी श्रेष्ठ, निरा वली, शूमा बराल निर्मला खड्का, विनु श्रेष्ठ लगाएतको सहभागीहरुले शुभकामना दिएका छन् । कार्यक्रमको सञ्चालन अन्तरपार्टी महिला संजा दैलेखकी सचिव पार्वती बिसुन्केले गरेकी थिइन । वली दैलेखबाट सुरुवा भएर जान थालेकोले राम्रो कामको प्रसंशा गर्दै सम्मान गरिएको हो ।









